एमाले गण्डकी प्रदेशको प्रशिक्षण साउन ८ गते, अध्यक्ष ओलीले सम्बोधन गर्ने
५ साउन, काठमाडाैँ । नेकपा (एमाले)को गण्डकी प्रदेशको प्रशिक्षणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहभागिता जनाउने भएका छन । एमाले गण्डकी प्रदेश संगठन कमिटीका कार्यालय सचिव माधव बास्तोलाका अनुसार यही साउन ८ गते हुने प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष ओलीले सम्बाेधन गर्ने तय भएको हो ।
पोखरासभा गृहमा हुने वृहत कार्यकर्ता भेलामा निम्न प्रदेशभित्रका ११ वटै जिल्लाका पार्टीका जिम्मेवार नेताहरू सहभागी हुनेछन । असार ३२ भएको प्रदेश कमिटीको पूर्ण बैठकले सात प्रकारका नेताहरूको सहभागिताको सुनिश्चितता गरेको कार्यालय सचिव बास्तोले बताए ।
उनका अनुसार प्रशिक्षणमा प्रदेश कमिटीका सवै सदस्यहरु, प्रदेश विभागका सवै सदस्यहरु, ११ वटै जिल्ला कमिटीकासदस्यहरु, ११ वटै जिल्लाका कमिटीका जिल्ला सल्लाहकारहरु, गण्डकी प्रदेश अन्तरगतका जनसंगठनका केन्द्रिय सदस्यहरु, गण्डकी प्रदेश स्तरीय जनसंगठनका सदस्यहरु, स्थानीय पालिका र जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरु रहेका छन ।
प्रशिक्षणले कार्यकर्तालाई वैचारिक बनाउने र आगामी निर्वाचनमा एमालेको भूमिका कसरी प्रभावकारी बनाउने भन्ने विषयमा दिशा निर्देश गर्ने बास्तोलाले बताए । एमालेले गत स्थानिय तहको निर्वाचनलाई समिक्षा गर्दै आगामी संघ र प्रदेशको निर्वाचनमा आफ्नो सम्पुर्ण शक्तिलाई निर्वाचन केन्द्रित गरेर अभियानहरु संचालन गर्ने क्रमको तेस्रो कार्यक्रम पोखरामा गर्न लागेको हो ।
यसअघि प्रदेश १ र बागमतीको प्रशिक्षण सम्पन्न भैसकेको छ । यो भेला पछि एमालेले जिल्ला, पालिका, वडा र टोल टोलमा अभियानहरु संचालन गर्ने कार्यक्रम तय गरेको छ । यस अभियानमा करिव १५०० कार्यकर्ताहरु प्रदेश भरि नै परिचालन गर्ने योजना रहेको छ ।
अभियानले एमालेलाई जनतासंग जोड्ने छ । अभियानको क्रममा वर्तमान सरकारले गरेका राष्ट्रघाती कदम, जनविरोधी गतिविधि, मंहगी, भष्ट्राचार, असमान विकासको बजेटको वितरण, परिवारको नाममा भएका ट्रष्टहरुमा करौंडौ वितरण गरि राज्यको रकम दुरुपयोग, बैदेशिक हस्तक्षेप, एमालेको पालामा जारी गरेको चुच्चे नक्साको बारेमा भारतसँग गर्नु पर्ने कुटनैतिक कदमको विषयमा सरकार लम्पसारवादी वनेको, सिमा अतिक्रमण भई रहदाँ सरकार मुकदर्शक वनेको, वजेट निर्माण गर्दा भएको नितिगत भ्रष्ट्राचार लगाएत सत्तारुढ गठवन्धनले गरेको अन्य ज्याजतीहरुको भण्डाफोर गर्ने मुख्य काम यस अभियानको रहने बास्तोलाले बताए ।
प्रकाशित मिति : July 21, 2022 at 2:50 pm









