१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बलात्कार आरोपमा पक्राउ परे बलामी

२ असार, गुल्मी । जबर्जस्ती करणी आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गुल्मीको मुसिकोट नगरपालिका-१ का ५९ वर्षीय लक्ष्मण बलामी पक्राउ परेका हुन् । गत शनिबार स्थानीय ५५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बलामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनले शनिबार बेलुका साढे ७ बजे स्थानीय महिलालाई बलात्कार गरेको आरोप छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार ०९:२२