२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

कांग्रेसको सदस्यता भएका राख्ने एमालेका फाल्ने कस्तो करार सेवा ?

३ साउन, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउपालिकाले पालिका भित्रका करार कर्मचारी हटाएको छ । साउन १ देखि २०७९/८० मा खर्च कटौती गर्नुपर्ने कारण देखाउँदै गाउपालिकाले, वडा र स्वास्थ्य कार्यालयका करारमा कार्यरत कर्मचारी हटाएको छ ।

अर्जुनचौपारी गाउपालिका उपाध्यक्ष सपना गुरुङको अध्यक्षतामा मिति २०७९/३/१५ गते बसेको बैठक गरेको निर्णय अनुसार गाउपालिकाले कारार सेवामा नियुक्ति दिएका कर्मचारीको म्याद थप नगर्ने तर जी बि स बाट समायोजन गरिएका, ग.बि.का.का, राष्ट्रिय परिचय पत्र तथा पंजीकरण कार्यक्रमका, प्रधानमन्त्री रोजगार कार्यक्रमका, जनस्वास्थ्य कार्यालयबाट नियुक्ति पाएका कर्मचारीहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

निर्णय बिपरित संघियता अगाढी नियुक्ति भएका केहि कर्मचारी हटाउने र केहि नहटाउने गर्दा विवाद सिर्जना भएको छ । पालिकाले मिति २०७९/३/१५ गते गरेको निर्णय बिपरित तत्कालिन जी बि स समायोजन भइ आएको का. स. भाव किष्ण देबकोटा, आयुर्बेद आरुचौर का. स. सरिता पौडेल , आयुर्बेद अर्जुनचौपारी का. स. गीता श्रेष्ठ गरि ३ जना कार्यालय सहयोगीहरुलाई कर्मचारीबाट हटाइएको छ भने सोहि प्रकृतिका अन्य कर्मचारीलाई भने पालिकाले हटाएको छैन ।

दरौ स्वास्थ्य चौकीमा कार्यरत रिता पौडेल, वार्ड नं ३ स्वास्थ्य इकाईमा कार्यरत इन्द्र लम्साल, कमल भण्डारी, पशु प्राविधिक कृष्ण अर्याल,,स्वास्थ्य शाखा एच ए सुरज अधिकारि, यम प्रसाद अधिकारि लगाएत केहीलाई भने हटाइएको छैन । करारमा राखिएका कर्मचारीहरु सबै हटाउने भनेपनि पार्टीगत किसिमले जी बि स समायोजनका कर्मचारीलाई समेत नियोजित ढंगले हटाइएको छ ।

त्यस्तै गरि गाउपालिकाले करारमा नियुक्ति गरेका दुइ सवारी चालक केशब बिक र दुर्गा गुरुङ मध्य दुर्गा गुरुङलाई हटाइएको छ । सवारी चालक दुर्गा गुरुङ, केशब बि क भन्दा पहिला देखि नै काम गर्दै आएका थिए । पालिकामा करार नियुक्ति रहेका अन्य कर्मचारीको म्याद असार मसान्त देखि सकिएको र अब म्याद नथपिने भएको छ ।
कर्मचारी हटाउने बिषयमा गरिएको निर्णयमाथि पालिकावासीको मिश्रित प्रतिक्रिया आएका छन् ।

खर्च कटौती गर्ने नाममा अघिल्लो स्थानीय सरकारका नियुक्ति खारेज गर्ने र नयाँ नियुक्ति गर्ने परिपाटीको विकास गर्न खोजेको आरोप छ । जागिरबाट हटाइएका करार कर्मचारीहरूले पालिकाले प्रतिशोधपूर्ण रूपमा हटाउन लागेको आरोप लगाएका छन् । स्वास्थ्य चौकी, वडा कार्यालय, आयुर्वेद लगायत कार्यालयमा कार्यरत कर्मचारीलाई पालिकाले गलत मनसायबाट हटाउन लागेको आरोप गाउपालिका अध्यक्ष माथि आएको छ । उनीहरूले करार सम्झौता नवीकरणको माग गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार ०९:०६