कांग्रेस बैठक आज पनि, केन्द्रीय सदस्यलाई निर्णय श्रवण गराइदै
२ साउन, काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । केन्द्रीय सदस्य तथा पदाधिकारीले धारणा राखिसकेपछि सोको निर्णय सुनाउनका लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको निर्णयका बारेमा गृहकार्य सम्पन्न गरे पछि आज बस्ने बैठकमा निर्णय सुनाउन लागिएको हो ।
प्रकाशित मिति : July 18, 2022 at 8:48 am









