२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

परोपकारी तीज गर्दै एनआरएनए साउथ अष्ट्रेलिया, गायिका मञ्जु पौडेल आउदै


१ साउन, एडिलेड । हिन्दु नेपाली नारीहरुको पर्व तीजको उपलक्ष्यमा एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलियाले अगष्ट २६ मा तीज कार्यक्रम आयोजना गर्ने भएको छ ।

नारी निकुञ्ज साउथ अष्ट्रेलिया संयोजक अनिता लम्सालका अनुसार कार्यक्रम स्थानिय कोस ग्रोभ हल क्लोभेली पार्कमा नेपाली चर्चित गायीका मञ्जु पौडेल सहित अन्य स्थानिय कलाकारहरुको सहभागीमा कार्यक्रम हुने भएको छ । लम्सालले सहयोगी सौजन्यकर्ताहरु संग छलफल जारी रहेकाले प्रवेश शुल्क लगायतका विषयमा चाडै सुचना सार्वजनिक गर्ने बताइन ।

मञ्जु पौडेल पछिल्लो समयमा चर्चित नेपाली गायिका हुन् । बुटवल र काठमाडौंका एफएम तथा टेलिभिजनको कार्यक्रम प्रस्तोता हुन् उनी , २०१६ मा कालिका म्युजिक अवार्ड र विन्दवासीनी म्युजिक अवार्ड जित्न सफल भएकी थिइन् । पौडेल हलका वर्षहरुमा नेपाली लेकगितहरुको मौलिकता हराउदै गएको चिन्ता गरिएको समयमा नेपाली मौलिक लोकगित गाउने कलाकारको रुपमा परिचित छन् ।

एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामाले नेपाली महिलाहरुको पर्व तिजलाइ प्रवासमा नेपालकै अनुभुती हुने गरि भव्य बनाउन तयारी थालिएको बताउदै खर्च कटाएर वाकी रकमहरु विगत बर्षहरुमा जस्तै नेपालको दुर्गम क्षेत्रका महिला स्वास्थ्य क्षेत्रमा खर्च गर्ने बताइन । उनले तीज मनाउदै परम्परा संस्कृतिको रक्षा गर्दै मनोरञ्जन गरेर साथमा नेपालमा समस्या रहेका महिलाहरुलाई सानो भए पनि सहयोग गर्ने बताइन ।

यसैगरि एनआरएनए नारी निकुञ्ज अष्ट्रेलिया प्रमुख मञ्जु खड्काले हाल सम्म अष्ट्रेलियाका तिन शहर एडिलेड, सिड्नी र पर्थमा तीज कार्यक्रम हुदै गरेको जानकारी दिदै सबैबाट खर्च कटाएर बाकी रहेको रकम नेपालका महिलाहरुको स्वास्थ्य तथा सशक्तीकरणको क्षेत्रमा खर्च गर्ने योजना रहेको बताइन् । उनले परदेशमा आए पनि देशमा रहेका त्यो पनि ग्रामीण भेगमा आमा दिदी बहिनीले आर्थिक अभावमा पाइरहेको दुख कष्टलाई कम गर्ने अभियानकै रुपमा तिज मनाउन लागिएको बताइन् ।

नारी निकुञ्जले गत बर्ष अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरेर संकलित रकम अष्ट्रेलियन डलर १८००० भन्दा बढि दोलखामा निर्माणाधिन महिला तथा वालवालिका अस्पतालमा सहयोग उपलब्ध गराएको थियो । यसै गरि विगत वर्षहरुमा दुर्गम क्षेत्रका ३०० भन्दा बढि महिलाहरुको उपचारमा सहयोग गरेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आईतवार १८:२८

https://srdb.com.np/