२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

ओएनएफ न्युजिल्याण्डको दोस्रो अधिवेशन जुलाइ २४ मा


१ साउन, न्युजिल्याण्ड । प्रवासी नेपाली मञ्च (ओएनएफ) न्युजिल्याण्डको दोश्रो राष्ट्रिय अधिवेशन जुलाई २४ मा हुने भएको छ । अधिवेशनको उद्घाटन नेकपा एमाले विदेश विभाग प्रमुख राजन भट्टराईद्वारा भर्चुअल माध्यमबाट हुने प्रवासी नेपाली मन्च, न्युजिल्याण्डका सचिव मिलन जिसीले जानकारी दिएका छन् ।

सचिव जिसीले मञ्चले विगतमा नेपालमा कोरोनाको महामारीमा अक्सिजन प्लान्ट स्थापना तथा अन्य कार्यक्रममा सहयोग गरेको बताए । उनले मञ्चले स्थानिय रुपमा एनआरएनए लगायतका संस्थाहरु मार्फत नेपाली समुदायमा सहयोग गर्दै आएको वताए ।

उनले अधिवेशनको बन्द सत्रमा विगतको कामको समिक्षा गर्दै नया योजना तथा कार्यक्रमहरु बारे पनि छलफल हुने बताए । बन्द सत्रमा आगामी दुइ बर्षका लागि नेतृत्व चयन गर्ने समेत जनाइएको छ । मञ्चको हाल अध्यक्ष भगवान यादव रहेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आईतवार ०९:३१

https://srdb.com.np/