सरकारमा रहेकाहरू कसले बढी कमाउने भन्ने प्रतिस्पर्धामा छन्ः महामन्त्री बर्तौला
३१ असार, हेटौंडा । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले अहिलेको सत्तासिन समीकरण कसले बढी कमाउने भन्ने प्रतिस्पर्धामा मस्त रहेको आरोप लगाएका छन् । आज हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै महामन्त्री बर्तौलाले भ्रष्टाचारि, बिचौलिया र माफियाहरुको घेरामा सरकार रहेको समेत बताए ।
नेपालमा लोकतान्त्रिक हिन्दुराष्ट्रको एजेन्डा बोक्ने पार्टी राप्रपा नेपाल मात्र भएको बताउदै उनले हिन्दुराष्ट्रको कुरा सङ्ग कोहि गैर हिन्दुहरु तर्सिनु नपर्ने बताए । उनले हिन्दुराष्ट्र पहिचानको बिषय भएको चर्चा गर्दै धर्मको आधारमा राज्य सत्ता सन्चालन नहुने र हिन्दु धर्मलाई मात्र बिशेष सेवा, सुबिधा केही पनि नहुने स्पष्ट पारे ।
सर्बधर्म समभाब र धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र राप्रपा नेपालले चाहेको उनको कथन थियो । मुलुक भ्रष्टाचारि, माफिया र बिचौलियाको हातमा पुगेको प्रमाण पछिल्लो डरलाग्दो र घिनलाग्दो भ्रष्टाचारको काण्ड भएको उनको भनाई थियो । कसैलाई गाली गरेर राप्रपा नेपाल बलियो नहुने भन्दै उनले संगठन केन्द्रित हुन सबैमा आग्रह गरे ।
कार्यक्रममा जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटा , क्षेत्रीय अध्यक्षहरु दामोदर वाग्ले, बद्री कुँवर , युबक संगठनका अध्यक्ष भृगु कार्की, जगत घले, विद्यार्थी नेता सन्जिब चौलागाईं लगायतले बोलेका थिए ।
प्रकाशित मिति : July 15, 2022 at 10:28 pm









