२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

एआईजी विश्वराज पोखरेललाई सर्वोच्चले देखाएको सत्ता र शक्तिको बल

३१ असार, काठमाडाैँ । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजिपी) बनाइपाउँ भन्ने  अतिरिक्त प्रहरी महानिरीक्षक एआईजिपी विश्वराज पोखरेलको रिट नै खारेज गरिदिएको छ । शुक्रबार दुई महिनापछि सर्वोच्चले पोखरेलको रिट नै खारेज गरिदिएको हो ।

आईजिपीमा सरकारले धिरजप्रात सिंहको नियुक्ति गरेपछि पोखरेल सर्वोच्च अदालत पुगेका थिए । पोखरेलले धीरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाउने सरकारको निर्णयविरुद्ध दायर भएको रिट शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले खारेज हुने फैसला सुनाएको हो।

वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आईजीपी बनाउने सरकारको निर्णय बदरको मागसहित सिनियर एआईजी विश्वराज पोखरेलले गत वैशाख १९ गते सर्वोच्चमा मुद्धा दायर गरेका थिए । पोखरेलले पनि तत्कालीन नेकपा एमालेको सरकार हुँदा आफूभन्दा धेरै सिनियरहरूलाई उछिनेर सत्ताको बलमा बढुवा लिएका थिए । योसँगै सर्वोच्चले पनि सत्ता र शक्तिका अघि न्याय कति निरीह हुन्छ भन्ने सन्देश दिएको छ ।

 

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार १५:५७