८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एमालेको बागमती प्रदेश कमिटीमा मनोनित सदस्यले लिए सपथ (थपिनेको सूचीसहित)

३१ असार, काठमाडाैँ । नेकपा एमालेको बागमती प्रदेश कमिटीले मनोनित गरेका ७९ सदस्यले बिहीबार सपथ लिएका छन । प्रदेश कमिटीको चैतमा भएको बैठकले ४७७ सदस्य नबढ्नेगरी रिक्त रहेको सदस्यमा ७९ जनाको मनोनयन गरेको थियो । उक्त निर्णय अनुसार बिहीबारको प्रदेश संगठन कमिटीको बैठकमा उपस्थिति भएका सदस्यहरूलाई प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले सपथ गराएको प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभागका प्रमुख महेश बर्ताैलाले जानकारी दिए ।

मनोनयनमा पर्नेमा ओमप्रसाद थपलियासहित काठमाडाैँबाट ६ जना, ललितपुरबाट रामकृष्ण हुमागाइसहित ७ जना, भक्तपुरबाट केदार अधिकारीसहित ५ जना, काभ्रेबाट टुल्कु लामासहित ८ जना, सिन्धुपाल्चोकबाट सोमर बमजनसहित ११ जना (उपेन्द्र तामाङले भने एमाले छाडेर समाजवादी रोजेका छन), दोलखाबाट भारत दुलालसहित ७ जना रहेका छन ।

त्यस्तै रामेछापबाट खड्क सुनुवारसहित ६ जना, सिन्धुलीबाट प्रदीप कटुवालसहित ४ जना, मकवानपुरबाट बुद्धरत्न मानन्धरसहित ७ जना, चितवनबाट कमल पन्तसहित १२ जना, धादिङबाट कुमार बैरागी बिकसहित २ जना र नुवाकोटबाट नारायण घिमिरेसहित ४ जना रहेका छन । नुवाकोटबाट मनोनित भएका ध्रुव अधिकारीलाइ भने एमाले नुवाकोटले कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ । अधिकारी स्थानीय चुनावअघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । जिल्लागत रूपमा मनोनितहरूको सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : July 15, 2022 at 3:08 pm