२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मुक्ति एण्ड रिभाइबल सहित अस्मिता अधिकारी र महेश काफ्ले एडिलेडमा


३० असार, एडिलेड । नेपालको चर्चित व्याण्ड मुक्ति एण्ड रिभाइवल सहित अस्मिता अधिकारी र महेश काफ्लेले सांगीतिक कार्यक्रमका लागि एडिलेडमा आइपुगेका छन् ।

कोरोना महामारी पछि अष्ट्रेलियाको सिमा खुकुलो भए संगै नेपाली कलाकारहरुको अष्ट्रेलिया भ्रमण बढेको छ । यसै क्रममा ओपल मेघा इभेन्ट एडिलेडको आयोजनामा जुलाइ १५ शुक्रवार हुन लागेको सांस्कृतिक कार्यक्रममा नेपालमा स्थापित सांगितिक समुह मुक्ति एण्ड रिभाइवल , पछिल्लो समय नेपाली संगित आकाशमा चर्चित गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले समेतले एडिलेडको द सेलिब्रेशन हल मडवरीमा आफ्नो गित संगित प्रस्तुत गर्ने भएका छन् ।

मुख्य प्रायोजक ग्रेस एजुकेशन एण्ड माइग्रेसन एडिलेडको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुक्ति एण्ड रिभाइवलका संस्थापक तथा गायक, गितारिस्ट मुक्ति शाक्यले विगतमा एडिलेड आएको स्मरण गर्दै शुक्रवार हुने कार्यक्रममा सबै खाले संगितका पारखीहरुलाई सन्तुष्टि हुने गरि सांगीतिक माहोल निर्माण हुने अपेक्षा गरेका छन् ।

एक प्रश्नमा प्रधानले कार्यक्रममा आफ्नो समुह र अस्मिता महेशको प्रस्तुतिले दुवै पुस्ताको प्रतिनिधित्व गर्ने बताए । यसै क्रममा उनले प्रवासमा रहेका नेपालीहरुले नेपाली संगितको विकास र विस्तारमा प्रशंसनीय भुमिका खेलेको समेत बताए ।

प्रेस भेटघाटमा गायिका अस्मिता अधिकारीले पछिल्ला दिनहरुमा देश भित्र र प्रवासबाट स्रोताहरुले दिनु भएको मायाले उत्साहका साथ गितहरु गाउने गरेको बताउदै एडिलेडको कार्यक्रममा पनि दर्शक श्रोताको उल्लेखनीय माया पाउने अपेक्षा गरेको बताइन ।

अर्का गायक महेश काफ्लेले अग्रज मुक्ति शाक्यको सांगीतिक समुह र पछिल्लो समयमा स्रोता माझ मन पराईएकी अस्मिता अधिकारी संग कार्यक्रममा सहभागी हुन पाउदा खुशी व्यक्त गर्दै एडिलेडको कार्यक्रममा दर्शक श्रोतालाई भरपुर मनोरञ्जन दिने बताए ।

प्रेस मिटमा मुख्य प्रायोजक ग्रेस एजुकेशन एण्ड माइग्रेसन एडिलेडका निर्देशक प्रकाश थापाले आफ्नो संस्थाले नेपाली संगितको विकासमा सधै सहयोगी हुदै आएको बताउदै कार्यक्रम सफल बनाउन भुमिका खेल्दै गरेका सबैमा धन्यवाद ज्ञापन गर्दै सबै उमेर समुहलाई हुने कार्यक्रम भएकाले कार्यक्रममा उपस्थितका लागि संगित प्रेमीहरुलाई अनुरोध गरेका थिए ।

कार्यक्रम आयोजक ओपल इभेन्टका श्याम दहालले लोकप्रिय कलाकारहरुको उपस्थिति रहेकाले दर्शक स्रोताहरुको राम्रो उपस्थिति हुने अपेक्षा गरेको बताए । प्रेस मिटको प्रारम्भमा एनआरएनए अष्ट्रेलियाका पुर्व उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया पुर्व संयोजक नविन पन्तले कलाकारहरुको पृष्ठ भुमी सहित परिचय गराएका थिए ।प्रेस मिटमा मुक्ति एण्ड रिभाइवलका प्रधान सहित रोशन कंशाकार, सुनित कंशाकार, निखिल तण्डुकारको उपस्थिति रहेको थियो ।

सन् १९९२ मा स्पेन बाट आफ्नो परिवारसँग काठमाडौं फर्केर मुक्ति शाक्यले नेपाली लोक संगीतलाई अमेरिकन ब्लुज संगीतसँगको मिश्रणमा रक ब्याण्डको रुपमा सुरुवात गरेका थिए । नेपाली राजनीति , ब्युरोक्रेशी , प्रेम , दुरदुराजका नेपालीहरुको आवाज यो सांगितिक समुहको ट्रेडमार्कको रुपमा लिन सकिन्छ। सन् २००० को सुरवातमा कलंकीको जाम बोलको एल्बम बाट यस सांगीतिक समुहले श्रोता दर्शक माझ छाप छोड्न सफल भएको थियो। सन् २००६ बाट यस समुहले विश्वका बिभिन्न देशहरुमा सांगितिक कार्यक्रमहरु गर्न सुरु गरेको हो।

यसै गरि नेपालको झापामा जन्मीएकी अस्मिता अधिकारी नेपाल आईडल सिजन -२ बाट नेपाली दर्शक श्रोता माझ चर्चा बटुल्न सफल भएकी हुन् । नेपाल आईडल सिजन २ मा चौथो भएकी उनी गायिका सँग सँगै नर्स समेत हुन् । अर्का गायक महेश काफ्ले करिब १० वर्षको उमेरमा नै आफ्नो गीत रेकर्ड गराएका थिए । उनीको पारिवारिक पृष्ठभूमि समेत संगित संग जोडिएको छ ।

यसैबीच ओपल इभेन्टका सुपक अधिकारीका अनुसार शुक्रवारको कार्यक्रममा एडिलेडमा बसोबास गर्दै आएका पछिल्लो समय निकै चर्चामा समेत रहेका गायक तथा संगितकार क्षितिज सापकोटा,सुवास ढुङ्गाना, स्वेता केशी, सुजन केशीले समेत आफ्नो प्रस्तुति प्रस्तुत गर्ने भएका छन् । भने साझ ६ बजेबाट शुरु हुने सांगीतिक कार्यक्रमको संचालन प्रदिप निरौला र रेशा सापकोटाले गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार १२:५२

https://srdb.com.np/