१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नुवाकोटमा १० वर्षीया बलिका बलात्कृत

२८ असार, नुवाकोट । नुवाकोटमा एक १० वर्षीया बालिका बलात्कारमा परेकी छिन । जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नम्बर २ मा १० वर्षीया बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बलात्कृत बालिकाको अहिले स्थानीय अस्पतालमा उपचार भैरहेको छ । बलात्कारमा संलग्न भएका १७ वर्षका युवा भने फरार भएका छन । प्रहरीले अभियुक्तको खोजीलाइ तीब्र बनाएको छ । बलात्कारमा संलग्नन युवक दुप्चेश्वरकै पाङरका हुन ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार २२:४८