विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध घुस लिएकाे आराेपमा मुद्दा दायर
२८ असार, महोत्तरी । महोत्तरी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानले घुस लिएको आराेपमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा मुद्दा दायर भएकाे छ । श्री मावि एकडारामा कार्यारत दुवै जना सेवाग्राहीसँग ५० हजार घुस लिएको आरोपमा १९ जेठमा पक्राउ परेका थिए । उक्त रकम घुस नै भएकाे अख्तियारले पुष्टि गरेको हो ।
विद्यालययको खेलकुद मैदान स्त्ररोन्ति गर्ने क्रममा विभिन्न बाहानामा काम गर्न नदिएर अध्यक्ष र प्रधानध्यापकले ५० हजार घुस लिएको आरोप लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास र टङ्गालबाट खटिएको टोलीले ५० हजार घुस लिइसकेपछि पक्राउ परेका आरोपितद्वयलाई कारवाहीको लागि आजै विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे ।
पुष्टि भएसँगै निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ३(१) बमोजिमको कसुर भएको हुँदा सोहीअनुसार कायम गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम भण्डारीले जानकारी दिए ।
प्रकाशित मिति : July 12, 2022 at 2:58 pm









