८ असार २०८३, सोमबार | Mon Jun 22 2026

शेखर कोइराला निकटले कांग्रेस केन्द्रिय कार्यालयमा प्रदर्शन गर्ने

२७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समुहले केन्द्रिय कार्यालय, सानेपामा प्रदर्शन गर्ने भएका छन । भातृ तथा शुभेच्छुक संस्थाको नेतृत्व र कार्यसमितिलाई पुर्णता दिन माग गर्दै अपरान्ह १ बजे कोइराला पक्षधर नेताहरुले केन्द्रिय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका हुन ।

कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक चलिरहदाँ कोइराला पक्षधर तरुण र बिद्यार्थी नेताहरुले सो प्रदर्शन गर्नेछन् । ‘भातृ संस्थाको तत्काल बैधानिक पुर्णता हाम्रो सरोकार, नेपाली कांग्रेस भित्र समान र न्यायपुर्ण प्रतिनिधित्व हाम्रो अधिकार’ भन्ने माग सहित प्रदर्शन गर्न लागेको प्रेमिका राना मगरले जानकारी दिइन् । उनका अनुसार नेपाल बिद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका प्रतिनिधिहरुले सो प्रदर्शनमा भाग लिनेछन ।

सभापति देउवाले आफु निकटलाई मात्रै भातृ संस्थाको नेतृत्वमा लगेको, कोइराला पक्षधरलाई ‘वाइपास’ गरेको, गठन भएको कार्यसमितिलाई पुर्णता नदिएको, १० फागुनमा भंग गरेका भातृ संस्थामा नेतृत्व प्रदान नगरेको भन्दै सो प्रदर्शन हुन लागेको कोइराला पक्षधरले जनाएका छन ।

प्रकाशित मिति : July 11, 2022 at 10:12 am