चरम विवादित भएपछि बालेनले भने, मेरै तलबबाट यमबुद्धको शालिक निर्माण गर्छु
२५ असार, काठमाडौँ । आफ्नो निर्णय चरम विवादित भएपछि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नै तलबबाट अनिल अधिकारी यमबुद्धको शालिक निर्माण गर्ने बताएका छन । केहीबेरअघि सामाजिक सञ्जाल मार्फत उनले यस्तो निर्णय सुनाएका हुन ।
काठमाडौँ माहानगरपालिकाले २०७३ सालमा बेलायतमा आत्महत्या गरेका गायक अनिल अधिकारी यमबुद्धको शालिक बनाउनका लागि १५ लाख रूपैयाँ बजेट नै बिनियोजन गरेको थियो । त्यसको चर्को आलोचना भएपछि बालेन पछि हटेका हुन ।
काठमाडौँको फुटपाथमा व्यापार गर्नेहरूमाथि कमिसन नपाएर महानगरका प्रहरीले दूर्व्यवहार गरिरहेको समयमा त्यही काठमाडौँ महानगरले वेलायतमा आत्महत्या गरेका अनिलको शालिक बनाउन बजेट विनियोजन गरेको भन्दै धेरैले आलोचना गरेका थिए ।

प्रकाशित मिति : July 9, 2022 at 2:55 pm









