१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

संगठनको गोप्य सूचना पत्रकारलाइ दिएकाे आराेपमा सशस्त्र प्रहरी हवल्दार थुनामा

२४ असार, काठमाडाैं । संगठनको गोप्य सूचना तथा जनशक्तिको विवरण सम्बन्धी सुचना संचार माध्यम तथा पत्रकारलाइ लाई उपलब्ध गराउने सशस्त्र प्रहरी बल¸ नेपालका एक बरिस्ठ हबल्दार जेल गएका छन् ।

संगठनको गोप्य र संवेदनशील सूचना भाइबर लगायत सामाजिक संजाल मार्फत संचारमाध्यमलाइ उपलब्ध गराउने तथा संगठका विरुद्ध वेनामी उजुरी समेत हालेको छानबिन प्रतिबेदन पछि सशस्त्र प्रहरी बल¸ नेपाल नं. २५ चण्डिका गण हे.क्वा.¸ पर्वत दरबन्दी भई हाल सशस्त्र प्रहरी बल¸ नेपाल नं. ४४ गण हे.क्वा.¸ दार्चुलामा काज कार्यरत का.मु. बरिष्ठ हवल्दार नरेश सिंह शाहुलाई थुनामा पठाइएको हो।

हेर्दा सामान्य लाग्ने तर गोप्य रहनुपर्ने जनशक्ति लगायतको विवरण शाहुले पत्रकारहरुलाइ अनधिकृत रुपमा उपलब्ध गराएका थिए। उनलाई सशस्त्र प्रहरी ऐन¸ २०५८ को बर्खिलाफ गरेको देखिएपछि सशस्त्र प्रहरी विषेश अदालतमा यही आसार २२ गते मुद्दा दायर गरिएको थियो।

सोही बमोजिम शाहुलाई आज २४ गते थुनछेकको वहसको क्रममा सशस्त्र प्रहरी बिशेष अदालतको आदेशमा पछि ठहरे बमोजिम हुने गरी हाललाई पूर्पक्षका लागि थुनामा पठाइएको हो ।आरोप प्रमाणित भएमा निजलाइ सर्बस्व सहित जन्मकैद हुन सक्छ ।संगठनको सुचना यसरी अनधिकृत रुपमा बाहिर पठाएमा हदै सम्मको कारबाही गरिने सशस्त्र प्रहरी ऐनमानै स्पस्ट ब्यबस्था गरिएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १८:१३