१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बलात्कारी ठहर भएपछि भागेका शिक्षक भरत ढकाल पक्राउ, अब पाँच वर्ष जेलमै रहने

२४ असार, काठमाडाैँ । अदालतबाट बलात्कारी ठहर भएपछि भागेका चितवनका एक शिक्षक पक्राउ परेका छन । गोरखाको तारा उच्च माध्यामिक विद्यालयका शिक्षक ४५ बर्षीय भरत ढकाल शुक्रबार पक्राउ परेका हुन । उनले २०६९ चैत ३ गते तत्कालीन गोरखा नगरपालिकको वडा नं. ९, छेपेटारमा रहेको तारा उच्च माध्यामिक विद्यालयबाट फर्कने क्रममा एक महिलामाथि बलात्कार गरेका थिए ।

उच्च अदालत कास्कीले पाँच वर्ष कैद र ५० हजार जरिवानाको फैसला गरेपछि फरार रहेका ढकाल शुक्रबार चितवनको भरतपुर महानगरपालिबाट पक्राउ परेका हुन । रत्नगरनगरपालिका वडा नम्बर १५ स्थायी धर भएका ढकाललाइ प्रहरीले शुक्रबार नै अदालतमा पेश गरेको छ । उनी शुक्रबार नै कारागार चलान भएका छन ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १६:३६