८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

बुढीगंगा नगरपालिकामा एमालेको सुरूवाती अग्रता, कांग्रेस पछिपछि

२४ असार, काठमाडाैँ । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेले सुरूवाती अग्रता पाएको छ । अहिले नगरपालिकाको मतगणना जारी छ ।  अहिलेसम्म दुई सय मत गणना हुँदा नेकपा एमालेका सबै उम्मेदवारले अग्रता लिएका छन ।

वडा नम्बर १ र १० को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। वडा नम्बर १० मा दुई सय मत गणना हुँदा एमालेले अग्रता छ। एमालेका प्रमुखका उम्मेदवार रामबहादुर बानियाँले १०० मत प्राप्त गरेका छन्।

गठबन्धनबाट कांग्रेसका प्रमुखका उम्मेदवार रंगबहादुर खातीले ८८ मत मात्रै प्राप्त गरेका छन् । यस्तै, उपप्रमुखमा दुबैको बराबर रहेको छ । एमालेकी माया खड्का र कांग्रेसकी रिता शाहीले ९५/९५ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : July 8, 2022 at 4:17 pm