५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

प्रधानसेनापतिले सीमामा काँडेतार लगाउन प्रस्ताव गरेको भोलिपल्टै भारतीय राजदूत जंगीअड्डामा


२४ असार, काठमाडाैँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय सीमामा काँडेतार लगाउनुपर्ने प्रस्ताव गरेको भोलिपल्टै भारतीय राजदूत नेपाली सेनाको मुख्यलय जंगीअड्डा पुगेका छन । बिहीबार प्रधानसेनापति शर्माले जंगी अड्डामा आयोजना गरेको ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुधारका क्षेत्रहरू’ विषयक सेमिनारमा भारतीय सीमामा काँडेतार लगाउनुपर्ने प्रस्ताव गरेका थिए ।

शुक्रबार भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानसेनापति भेट्न जंगीअड्डा पुगेका हुन । शर्माले गतिलो बार–बन्देजले असल छिमेकी बनाउने भन्दे तारबारको प्रस्ताव गरेका थिए । शुक्रबार बिहानै नेपाली सञ्चार माध्यमहरूमा प्रधानसेनापतिको प्रस्तावका विषयममा समाचारहरू बाहिरिएपछि भारतीय राजदूत दिउँसो जंगीअड्डा पुगेका हुन ।

सेनाले  भारतीय राजदूतको भेटलाइ शिष्टाचार भनेको छ । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले विज्ञप्ति मार्फत जनाएको छ । ‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १९:३४