नेकपा एकीकृत समाजवादीका नेता टिकाराम नेपाली बलात्कारको अभियोगमा पक्राउ
२४ असार, काठमाडौँ । नेकपा एकीकृत समाजवादी धादिङका जिल्ला कमिटी सदस्य टिकराम नेपाली बलात्कारको आरोपमा काठमाडौँबाट पक्राउ परेका छन । ठमेल क्षेत्रको ज्याठामा रहेको होटल एक्सेसबाट नेपाली पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय समाचार सेवाले जनाएको छ ।
धादिङ गजुरीको एक २६ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका १४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्रउ गरेको हो । होटल एक्ससेमा ती महिलामाथि बलात्कार भएको सूचनाको आधारमा पुगेको प्रहरीले नेपालीलाइ पक्राउ गरेको प्रहरी कार्यालय सोह्रखुट्टेले जनाएको छ ।
घटनामा सम्बन्धमा थप अनुसन्धान भैरहेको छ । उनी माधव नेपाल निकटको युवा संघको केन्द्रीय सचिवालय सदस्य समेत हुन । नेपालीलाई छुटाउन समाजवादीका मन्त्रीदेखि बागमती प्रदेशका मुख्यमन्त्रीसम्मको फोन प्रहरीकोमा पुगेको छ । यद्यपी प्रहरीले घटनास्थलबाटै पक्राउ गरेकाले जति ठूलो राजनीतिक दबाब भए पनि केही नहुने बताएको छ ।
प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १२:५०