माओवादी केन्द्रको पोलिटब्यूरोमा नुवाकोटबाट हितबहादुर तामाङ र विमला सुवेदी
२३ असार, नुवाकोट । नेकपा माओवादी केन्द्रको पोलिटब्यूरोमा नुवाकोटबाट हितबहादुर तामाङ र विमला सुवेदी अटाएका छन । माओवादी केन्द्रको काठमाडौँमा जारी केन्द्रीय कमिटी बैठकले पोलिटब्यूरो गठन गरेको हो ।
बिहीबारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ जनाको नाम प्रस्तुत गर्दै पोलिटब्यूरो गठन भएको जानकारी दिएका छन । प्रचण्डले प्रस्तुत गरेको उक्त नाम केन्द्रीय कमिटीले अनुमोदन गरेको छ ।
जसमा नुवाकोट प्रतिनिधिसभा १ का सांसद समेत रहेका तामाङ र पहिलो संविधानसभाको सदस्य विमाल सुवेदी अटाएका छन । सुवेदी माओवादीको नुवाकोट इन्चार्ज पनि हुन । केन्द्रीय कमिटीमा बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ पनि अटाएको भए पनि पोलिटब्यूरोमा उनको नाम भेटिएन ।
प्रकाशित मिति : July 7, 2022 at 5:10 pm









