प्रधानमन्त्री देउवाले बाेलाए मन्त्रिपरिषद बैठक
२१ असार, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बाेलाएका छन् । उनले मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषदको बैठक बाेलाएका हुन्।
यसअघि सोमबार नियमित बस्दै आएको मन्त्रिपरिषदको बैठक सरकारमा सहभागी दल जनता समाजवादी पार्टीले सोमबार मन्त्रीहरू हेरफेर गरेकाले मंगलबार बोलाइएको बताइएको छ।
प्रकाशित मिति : July 5, 2022 at 1:47 pm









