प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण
२१ असार, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गरेका छन ।
कोइरालाको ९९ औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला श्रमिक स्मृति भवन अनामनगरमा निर्माण गरिएको सो अर्धकदको शालिकको आज बिहान प्रधानमन्त्री देउवाले अनावरण गरेका हुन । आज अनावरण गरिएको अर्धकदको शालिक पाटन औद्योगिक क्षेत्रका कलाकार धर्म शाक्यले निर्माण गरेका हुन ।
प्रकाशित मिति : July 5, 2022 at 12:45 pm









