८ असार २०८३, सोमबार | Mon Jun 22 2026

चन्दलाई छाड्ने पुनदेखि ल्यारकल लामासम्म माओवादी केन्द्रिय समितिमा

२० असार, काठमाडाैं । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेर माअ‌ाेवादीमा आएका ओमप्रकाश पुनलाई केन्द्रिय सदस्य बनाएको छ । चन्द नेतृत्वकाे नेकपा परित्याग गरेर भर्खैरै माअ‍ाेवादी प्रवेश गरेका पुनलाई केन्द्रिय सदस्य बनाईएको हाे ।

माओवादीको केन्द्रिय समितिमा पेस भएको नामावलीअनुसार संविधासभा सदस्य ल्यारकाल लामा पनि माओवादी केन्द्रिय समितिमा अटाउन सफल भएका छन् । सोसँगै माओवादी केन्द्रिय समिति सदस्यको संख्या ३ सय ७७ पुगेको छ ।

प्रकाशित मिति : July 4, 2022 at 10:44 am