देउवाले बोलाए पदाधिकारी बैठक
१९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । २१ गते (मंगलबार) दिउँसो एक बजे बस्नेगरी देउवाले बैठक बोलाएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भातृ र शुभेच्छुक संस्थाको विधान तय गरिने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताए । पार्टीभित्रका अरू विषय र राजनीतिक विषयमा समसामयिक छलफल गर्ने गरी बैठक बोलाइएको उनले बताए ।
प्रकाशित मिति : July 3, 2022 at 6:29 pm









