४३ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय नवराज पौडेल एमालेमा, ओलीले गरे स्वागत
१८ असार, काठमाडाैँ । बागलुङ जिल्लाका नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सचिव नवराज पौडेलसहितको टोली नेकपा (एमाले) प्रवेश गरेको गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पौडलसहितका केही नेता एमाले प्रवेश गरेका हुन ।
एमाले प्रवेश गरेका सबैलाई अध्यक्ष ओलीले स्वागत गरे । नेपाली काङ्ग्रेसमा करीब ४३ वर्ष काम गरेका बाग्लुङ जैमिनीका पौडेलले मुलुकको विकास, समृद्धि र राष्ट्रियताको जगेर्ना एमालेबाट मात्रै सम्भव भएको बताएका छन ।
‘मैले नेपाली काङ्ग्रेसमा रहेर करीब ४३ वर्ष विभिन्न जिम्मेवारीमा रहेर काम गरेँ,’ पौडलले भने, ‘राजनीतिक लडाईँ सकियो अब मुलुकको विकास, समृद्धि र राष्ट्रियताको जगेर्ना गर्नुपर्ने आवश्यक छ । त्यो नेपाली काङ्ग्रेसबाट सम्भव छैन । एमालेबाट मात्रै सम्भव देखेपछि म एमाले प्रवेश गरेको हुँ । मेरो उर्जाशील समयको ४३ वर्ष काँग्रेसमा विताएँ । अब मेरो अनुभव र पसिना एमालेमा खर्च गर्छु ।’

पञ्चायकालदेखि नै राजनीतिमा सक्रिय पौडल कुनै समय काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै जेल बसेका थिए । पौडेलसँगै एमाले प्रवेश गरेकी मञ्जु चालिसे भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा काङ्ग्रेससँग असन्तुष्ट भएपछि स्वतन्त्रबाट गल्कोट मेयरको उम्मेदवार बनेकी थिइन । उनले स्वतन्त्रबाट ३४सय मत ल्याएकी थिइन ।
उनीहरुसँगै नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीका अध्यक्ष तिलक उप्रेती, बिष्णुप्रसाद, नरेन्द्रबहादुर काउचा, तुलसी गौतम, धनप्रसाद सुवेदी, बद्री रेग्मी, गणेश बुढाथोकी, हेमबहादुर बोहोरा, बसन्त बोहोरा, शेख अमिर मिया, डाक्टर आशिस शर्मा चालिसे, प्रेम खत्री, यामबहादुर रोक्का मगर, डाक्टर प्रतिक थापा, डाक्टर प्रवल तिवारी, इञ्जिनियर सौगात क्षेत्रीलगायत पनि एमाले प्रवेश गरेका छन ।
प्रकाशित मिति : July 2, 2022 at 6:19 pm









