८ असार २०८३, सोमबार | Tue Jun 23 2026

माओवादी केन्द्रको विद्यार्थी संगठन फुट्यो, पवन कार्कीको नेतृत्वमा आयोजक समिति घोषणा

१८ असार, काठमाडाैँ । लामो बिबादमा फसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः बिभाजन भएको छ ।

अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानन्तर समिति घोषणा गरेसँगै सो संगठन बिभाजन भएको हो ।

‘अध्यक्षज्यूको समुहले बिधान बिपरित पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपे पछि हामीले आपत्ति जनाउँदै आएका थियौं तर उहाँले कुनै अनुरोध मान्नु भएन्,’ असन्तुष्ट समुहका उपदेश यादवले न्युज कारखानासँग भने, ‘संगठनलाई बिद्यान बमोजिम अघि बढाउनका लागि हामीले १ सय ९९ सदस्यीय आयोजक समिति निमार्ण गरेका हौं ।’ उनका अनुसार सो आयोजक समितिले संगठनलाई बिद्यान बमोजिम काम कारवाही गराउन र सम्मेलनको तयारी गर्नेछ ।

वानेश्वरस्थित नेपाल कमर्श क्याम्पसवाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरीका बिद्यार्थी नेताहरुको समर्थन रहेको यादवले दावी गरेका छन ।

प्रकाशित मिति : July 2, 2022 at 11:07 am