६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

राज्यकोषको दुरूपयोग गरेर नुवाकोटको ककनीमा प्रचण्ड पुत्रको शालिक


१७ असार, काठमाडाैँ । राज्य कोषको दुरूपयोग गरेर नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ५ को ककनी डाँडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डका पुत्र स्वर्गीय प्रकाश दाहालको शालिक निर्माण गरिएको छ । राज्य कोषकै पैसा खर्च गरेर प्रचण्ड पुत्रको शालिक बनेरपछि चर्को अालोचना सुरू भएको छ ।

‘लुम्बिनी सगरमाथा आरोहण अभियानका नामले शान्ति र संविधानको सन्देश प्रवाह गर्न सफल आरोही’ नाम दिँदै प्रचण्डको चाकरीका लागि नेपाल पर्वतारोहण संघ (एनएमए)का निवर्तमान कोषाध्यक्ष सुदर्शन न्याैपानेको डिजाइनमा शालिक निर्माण भएको स्रोतले जनाएको छ ।

एनएमका वर्तमान कार्यसमितिका एक पदाधिकारीले दैनिकीसँग भने, ‘सगरमाथा चढ्दा चढ्दै मृत्युवरण गरेका र विभिन्न सन्देश लिएर चढेका सयौँ आरोही छन तर तीन श्रीमतिको श्रीमान भएर नेपाली समाजमा फरक चरित्रको प्रतिनिधित्व गरेका प्रचण्डपुत्रको शालिक राज्यको कोष दुरूपयोग गरेर बन्नु ज्यादै गलत हो । अघिल्लो कार्यकालको निर्णयमा लतारिएर हामी संस्थागत रूपमा जोडियो तर यो गलत हो ।’

छोराको शालिक अनावरण गर्न प्रचण्ड कान्छी बुहारीसहित शुकुबार बिहान ककनी पुगेका थिए । ककनी अन्तर्राष्ट्रिय स्मृति पार्कमा प्रकाशको शालिक अनावरण गरेको स्थानीय राजनीतिक दलहरूले पनि बिरोध जनाएका छन । उनीहरूले कोही कसैको खुशीका लागि वा खुशी पार्नकै लागि राज्यको चरम दुरूपयोग हुनु गलत भएको भन्दै बिरोध जनाएका छन ।

एनएमले सरकारकै एउटा निकायको रूपमा ६५ सय मिटर भन्दा मुनीको हिमाल आरोहण गर्नेसँग शुल्क असुल्ने गरेको छ । त्यसैगरी असुलेको पैसाबाट प्रचण्ड पुत्र प्रकाशको शालिक बनेको हो । यसअघि एनएमएको नयाँ कार्यसमितिको पदस्थापनामा पनि एउटा पार्टी प्यालेसमा प्रचण्डनै बोलाएर लाखाैँ खर्च गरेको व्यवसायीहरूले आरोप लगाउँदै आएका छन ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १६:०४