कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
१६ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले असार २७ गते बस्नेगरी बैठक बोलाइएको बताए ।
उनले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा बस्ने बताए । बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन दिइएको छ । मुख्य सचिव पौडेलले बैठकमा स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा र अगामी चुनावका विषयमा छलफल बताएका छन् ।
प्रकाशित मिति : June 30, 2022 at 6:17 pm









