१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

अप्सराले अस्वीकार गरिन बामदेवको केन्द्रीय सदस्य, एमाले नछाडेको स्पष्ट

१४ असार, काठमाडौँ । नेकपा एमालेकी नेतृ अप्सरा उप्रेतीले आफू कुनै पनि पार्टीमा नगएको प्रष्ट पारेकी छिन । अप्सराले सामाजिक सञ्जाल मार्फत आफू बामदेव गौतमले बनाएको पार्टीको केन्द्रीय कमिटीमा नरहेको बताएकी हुन ।

बामदेव गौतमको पार्टीको केन्द्रीय कमिटीको सूचीमा धादिङबाट तीन जनाको नाम पर्दा अप्सरा उप्रेतीको पनि परेको देखेपछि नेताहरूले धेरैले चासो राखेको भन्दै उनले आफूले एमाले छाड्ने विषय कल्पना भन्दा बाहिरको भएको बताएकी छिन ।

एमाले जिल्ला कमिटी धादिङको सदस्य समेत रहेकी अप्सराले नियोजित रूपमा आफ्नो कसैले बद्नाम गरेको बताएकी छिन । उनको सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको स्पष्टिकरण यस्तो रहेको छ ।

आज बिहान विभिन्न सामाजिक संजालमा बामदेव गौतम नेतृत्वको नयाँ पार्टीमा मेरो नाम जोडिएको आएको जानकारी विभिन्न नेताहरुमार्फत् पाएँ । मलाई बदनाम बनाउने उद्देश्यका साथ मेरो नाम उक्त पार्टीसँग जोडिएको हुँदा यसप्रति म गम्भीर आपत्ति जनाउँदछु । मेरो नाम उक्त पार्टीमा कसरी आयो भन्ने कुरा मलाईसमेत थाहा छैन ! म हिजो पनि नेपका एमालेको जिम्मेवार नेतृ हो र आज पनि नेकपा एमालेकै नेतृ हो । कसैले नियोजित रुपमा मेरो नाम दुरुपयोग गरेर फसाइएको छ । नेकपा एमालेका आम नेताकार्यकर्ताहरुमा यो जानकारी गराउन चहान्छु।
अप्सरा उप्रेती
जिल्ला कमिटी सदस्य, धादिङ
नेपका (एमाले)

प्रकाशित मिति : June 28, 2022 at 2:57 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/