२४ भदौ २०८३, बुधबार | Thu Sep 10 2026

दिलमायाले पासो लगाएको दाबी गरिएको सल नेपालटारबाट कसरी पुग्यो महाराजगञ्ज ?

१३ असार, काठमाडौँ । दिलमाया सुनारले पासोमा प्रयोग गरिएको भनिएको उनको सल महाराजगञ्जमा भेटिएको छ । उनका प्रेमी सूर्य श्रेष्ठले दिएको जानकारीका आधारमा प्रहरीले उनलाइ नै महाराजगञ्ज पुर्याएर सल बरामद गरेको छ ।

श्रेष्ठले दिलमायाले त्यही सलले पासो  लगाएर आत्महत्या गरेको दाबी प्रहरीसँग गरेका थिए । प्रहरीले सूर्यकै सहयोगमा उक्त सल बरामद गरेको छ । महाराजगञ्ज चक्रपथस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयनजिकै नालीमा उनको सल भेटिएको हो ।

उनको मोबाइल फोन भने अझै भेटिएको छैन । सुर्खेतकी दिलमायाको शव शनिबार बिहान ११ बजे नेपालटारस्थित कोठामै मृत भेटिएपछि प्रहरीले हत्या आशंकामा सिन्धुपाल्चोक सूर्यलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

एक छोराकी आमा दिलमाया पतिसँग डिभोर्स गरेर सूर्यसँग १५ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएकी थिइन । दिलमायाले बिबाहको प्रस्ताव गर्दा सूर्यले उनको हत्या गरेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

नेपालटारमा दिलमायाको हत्यापछि सूर्य आफैँले लेखेका थिए ‘नक्कली सुसाइट नोट’

गायिका दिलमाया सुनार हत्या प्रकरणः प्रेमी सूर्य श्रेष्ठ पक्राउ

गायिका दिलमाया सुनारको हत्या आशंका, सुसाइड भनिएको नोट पनि शंकास्पद

प्रकाशित मिति : June 27, 2022 at 3:56 pm