२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

गायिका दिलमाया सुनारको हत्या आशंका, सुसाइड भनिएको नोट पनि शंकास्पद


१२ असार, काठमाडाैँ । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको अाशंका गरिएको छ । उनको शुभेच्छु र समर्थकले उनको हत्या भएको भन्दै गहिरो अनुसन्धानको माग गरेका छन । शनिबार विहान काठमाडौँको बानियाटारस्थित डेरामा सुनार मृत भेटिएकी थिइन् ।

उनको सामाजिक सञ्जालमा सुसाइड नोट भनेर भेटिएको छ तर त्यसमा पनि शंका गरिएको छ । दिलमायाको घाँटीको निलडाम र घटनास्थलको प्रकृति हेर्दा उनको हत्या हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

सुर्खेत मालारानी स्थायी घर भएकी सुनार एक दशकदेखि लोकदोहोरी गायनमा सक्रिय थिइन् । करिब ३० वर्षीया गायिका सुनारको मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सूर्य श्रेष्ठ रहेका छन् । श्रेष्ठ गायिका सुनारको प्रेमी भएको बताइएको छ। कलाकारहरूले दिलमायाको हत्या नै भएको अनुमान गर्दै दोषी पत्ता लगाउन प्रहरीसँग माग गरेका छन । दिलमायाको फेसबुकमा भेटिएको स्टाटस यस्तो छ । जुन स्टाटस दिलमायाले लेखेकोमा उनको अफन्त र नजिकका मित्रले शंका गरेका छन ।

नमस्कार सबै जनामा र सबैलाई मिठो सम्झना छ । यो जिन्दगिको उतावचढाव धेरै भोगेँ तर जब म जान्ने भएँ अनि म एक्लो भएँ र कसैको माया पाउन जति कोसिस गरे पनि पाउन सकिनँ । तर पनि हार खाईनँ तर अहिले धेरै गाह्रो भयो । म बाँचेर पनि दिनदिनै मर्न सकिनँ । आमा तिम्री छोरी धेरै थाकिछे । जिन्दगिको मोड धेरै अप्ठेरा आए पार पनि गरेँ । मैले गरेजस्तो लाग्दैन । जसलाई राम्रो गर्छु भने पनि भएन ।

म कहाँ जाउँ आमा दुःख पोख्न माइत आउँ भनी तिमलाई थाहा छ सबै कुरा भित्रभित्रै मोरेर बाँचेछु । आमा म नभएर केभो त ४ बैनी छोरी अरस छन् । मन बुजाउनु नरुनु आमा । छोरा तिमीलाई धेरै पढाउने मन र ठूलो मान्छे बनाउने मन थियो छोरा सकिनँ । तिमी जसरी भएपनि ठूलो मान्छे बन्नु है । म नभए तापनि मेरो आशीर्वाद सधैँ तिमीसित हुनेछ । बैनी हर्ष आमालाई गालि नगर्नु ।

आमा बाँच्दासम्म मेरो कमि हुन नदिनु । मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनु जसले भए पनि । र म थाकेँ धेरै थाकेँ अब म बाँच्न सक्दिनँ यो दुनियाँ धेरै स्वार्थी छ र म आफ्नो ईच्छाले यो कदम उचालेकी छु । र कसैलाई दोष छैन । र कसैले खोजी नीति पनि नगर्नु र मलाई पोष्टमार्टम पनि नगर्नु । म शीत पैसा छैन । म शीत थोरै सुन छ । त्यो सुन बेचेर पैसा मेरो छोरालाई दिनु ।

घरबेटीहरुलाई कसैले केही नगर्नु र अरसलाई पनि कसैले केही नगर्नु र मेरो लाश जसरी हुन्छ घरसम्म पुर्याइदिनु अप्ठ्यारोमा मेरो छोरालाई हेर्दिनु । छोरा चिन्ता नगर्नु है यही सम्झिनु मेरो आमा सानैमा मरेको हो भनेर मन बुजाउनु सबैले मलाई कायर भन्नुहुन्छ होला र मलाई बाँच्न अति गाह्रो भयो । कतिबेला के हुन्छ थाहा छैन मेरो जीवन ।

प्रकाशित मिति : १२ असार २०७९, आईतवार ११:१९