१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

ट्रेकिङ कम्पनी र ट्राभल एजेन्सी ६ महिनासम्म नवीकरण नगरे इजाजतपत्र स्वतःरद्ध हुने

१२ भदौ, काठमाडौँ । ट्रेकिङ कम्पनी र ट्राभल एजेन्सीहरु छ महिनासम्म पनि नवीकरण नगरेमा उनिहरुको इजाजतपत्र स्वतःरद्ध हुनेभएको छ । संस्कृति पर्यटन तथा नागरीक उड्ययन मन्त्रालय अन्तरगतको पर्यटन विभागले एक सुचना प्रकाशित गरी छ महिनासम्म पनि नवीकरण नगर्ने स्पष्ट पारेको हो ।

विभागले उक्त व्यवस्था सहित केहि संशोधित नियमको सुचि ट्रेकिङ एजेन्सीज एसोसिएसन टान र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टालाई पठाउँदै आबद् कम्पनी हरुलाई जानकारी दिन आग्रह गरेको छ । संशोधित नयाँ व्यवस्था अनुसार इजाजत पत्र नवीकरण गराउन इजाजतपत्रको अवधी समाप्त हुनु अगावै २५ हजार रुपैयाँ दस्तुर तिरेर नवीकरण गराउनु पर्नेछ ।

म्याद समाप्त भएको पहिलो तीन महिनासम्म नवीकरण गराउँदा २५ हजारको थप २५ प्रतिशत जोडेर हुन आउने रकम तिर्नुपर्नेछ । त्यसैगरी म्याद समाप्त भएको तीन महिनापछि ६ महिनासम्म नवीकरण गराउँदा २५ हजारको थप ५० प्रतिसत जोडेर हुन आउने रकम तिर्नुपर्नेछ । त्यस्तै, पर्यटकले आफ्नो साथमा जाने नाईके तथा कामदारलाई एजेन्सीको अभियान समाप्त गरी नफर्के सम्मको लागि नेपाल राज्यभित्र स्थापित बिमा कम्पनीबाट रु १० लाखमा नघट्ने गरी व्याक्तिगत दुर्घटना बिमा गराउनु पर्ने सुचनामा जनाइएको छ ।

 

प्रकाशित मिति : August 28, 2018 at 10:49 pm