८ असार २०८३, सोमबार | Tue Jun 23 2026

नयाँ पार्टी खोल्ने रामकुमारी रहर कि माधव नेपाललाई घुर्की ?

१० असार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ पार्टी खोल्न सक्ने संकेत गरेकी छिन । बिहीबार राति ट्वीट गर्दै उनले यस्तो संकेत गरेकी छिन । यद्यपी यो रामकुमारीको रहर हो कि पार्टी अध्यक्ष माधवकुमार नेपालका घुर्की हो स्पष्ट भएको छैन ।

सामाजिक सञ्जाल ट्वीट्रमार्फतल बिहीबार राति झाँक्रीले फिलिपिन्समा महिलाहरुको प्रतिनिधित्व गर्ने फिलिपिनो राजनीतिक पार्टीको उदाहरण दिदै नेपालमा त्यस्तो आवश्यकतका छ कि छैन भन्ने बहस सुरू गरेकी छिन । उनले प्रश्न गर्दै पार्टीको आवश्यकताबारे सुझाव मागेकी छिन ।

उनले भनेकी छिन, “गेब्रिएला महिला पार्टी प्रगतिशील फिलिपिनो राजनीतिक पार्टी हो जसले महिलाका मुद्धाहरुको वकालत गर्छ र प्रतिनिधिसभामा फिलिपिन्स महिलाहरुको प्रतिनिधित्व गर्दछ । के यस्तो पार्टीको नेपालमा आवश्यकता छ रु आउनुहोस बहस गरौं”

प्रकाशित मिति : June 24, 2022 at 3:51 pm