८ असार २०८३, सोमबार | Tue Jun 23 2026

मन्त्रीले सरकार छाड्न नमानेपछि एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

१० असार, काठमाडाैँ । पार्टीका तर्फबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरू हट्न नचाहेपछि सत्तारुढ नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज शुक्रबार बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ ।

केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्यूरो बस्न लागेको हो । शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ ।

प्रकाशित मिति : June 24, 2022 at 10:17 am