१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बारामा १३ किलो गाँजासहित एक जना पक्राउ

-इन्दिप कोइराला

१० असार, बारा । बाराको निजगढ नगरपालिकाबाट प्रहरीले १३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका-३ का ३३ वर्षीय लाल काजी रहेका छन् ।

प्रहरीले गाँजा ओसार पसारमा प्रयोग भएको प्र ३–०२–०१० प ३४९३ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सन्जिव ओलीका अनुसार जिल्ला ट्राफिक कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक पुष्कर घिमिरेको कमाण्डमा खटिएको उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार ०७:५४