एसपीपी सम्झौता केपी ओलीको सरकारले २०१९ मै कार्यान्वयन गरिसकेको होः प्रचण्ड
२ असार, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौता सन् २०१९ मा नै केपी शर्मा ओलीको सरकारले कार्यान्वयन गरिसकेको दाबी गरेका छन । पार्टी हेडक्वाटरमा बिहीबार बिहान रितबहादुर खड्काको स्मृति सभामा बोल्दै प्रचण्डले यस्तो दलिल पेश गरेका हुन ।
उनले भने, ‘बरू यो एसपिपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ मा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ, यो कुरा हामी सबैले बुझ्न जरूरी छ ।’ प्रचण्डले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले यस्ता सम्झौतामा कुनै पनि हालतमा हस्ताक्षर नगर्ने दलिल पनि पेश गरे ।
प्रचण्डले कुनै न कुनै रूपले राष्ट्रवादको झुटो र राष्ट्रवादको पाखण्डी प्रचार गर्ने कसरत विगतमा पनि भएको भन्दै अहिले भ्रमको खेती भैरहेको बताए । उनले पाँच दलीय गठबन्धन हुँदासम्म अमेरिकासँग कुनै सैन्य सम्झौता नहुने दलिल पेश गरे ।
प्रकाशित मिति : June 16, 2022 at 12:13 pm









