जिल्ला समन्वय समिति मोरङको प्रमुखमा एमालेका राई विजयी
१ असार, विराटनगर । जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा (एमाले)का अजम्बर राई विजयी भएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी भएकी छिन । सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थारू, हरिमाया विश्वकर्मा, तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल विजयी भएका छन ।
प्रकाशित मिति : June 15, 2022 at 9:23 am









