१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

गृहमन्त्री बालकृष्ण खाँणद्धारा गोताखोर तालिमको समापन

२९ जेठ, चितवन । गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि.सं. २ गोताखोर तालिमको समापन गरेका छन । सोही अवसरमा गृहमन्त्री खाँणले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान शिव कोलीलाई पुरस्कार प्रदान गरे ।

गृहमन्त्री खाँणले तालिम सफलता पूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा खटिई जान लागेका गोताखोरहरुलाई हार्दिक बधाई दिँदै सशस्त्र प्रहरीले पानिजन्य विपद् उद्वारका लागि तयार गरेको जनशक्ति तथा अन्य विपद् उद्वार कार्य प्रशंसनिय रहेको बताए ।

उनले विपद् व्यवस्थापनका लागि आवश्यक श्रोतसाधन, तालिम र सेवा सुविधा बढाउन गृहमन्त्रालय सकारात्मक रहेको चर्चा गर्नहुँदै विपद्को समयमा पूर्व तयारी र विपद् पछि खोजी र उद्वारका लागि सशस्त्र प्रहरीलाई सदैव तयारी हालतमा रहन निर्देशन दिए ।

गृहमन्त्री खाँणले विपद् जोखिम न्यूनिकरणको लागि सशस्त्र प्रहरी बल नेपाल अब्बल सुरक्षा निकायको रुपमा प्रस्तुत भएको बताउँदै यस्ता कार्यको लागि नेपाल सरकार तथा गृहमन्त्रालयको तर्फबाट निरन्तर सहयोग र सहजिकरण गरिने उल्लेख गरे ।

उनले गोताखोर जस्तो जोखिमयुक्त तालिम गराउनको लागि सहयोग पु¥याउनुहुने दातृनिकाय, विदेशी प्रशिक्षक, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सरोकारवाला निकायहरुप्रति हार्दिक आभार प्रकट गरे । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि सफलतापूर्वक तालिम प्राप्त गर्ने सबैलाइ हार्दिक बधाइ दिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आईतवार ०७:२८