१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

चार दिनदेखि बेपत्ता ७ बर्षीया बालिकाको शव मकैबारीमा भेटियो

२४ जेठ, सुर्खेत । सुर्खेतमा चार दिनदेखि हराएकी एक बालिकाको शव भेटिएकाे छ । गुर्भाकोट नगरपालिका–५ धारापानीकी अन्दाजी ७ बर्षीया बालिका ग्रीस्मा विक मृत अवस्थामा भेटिएकी हुन् ।

शुक्रबार हजुरआमासँगै नेपाली काँग्रेस पार्टीको एउटा कार्यक्रममा गएकी उनी त्यहीँबाट वेपत्ता भएकी थिइन् । सुरुमा आफन्तको घरमा गएको हुनसक्ने आंकलन गरेपनि लामो समयसम्म नफर्केपछि प्रहरीमा खबर गरेका थिए ।

उनकाे शव मंगलबार घरदेखि पाँच सय मिटर तल मकैबारीमा भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सोही ठाउँका एक जना २० वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलवार १२:०४