१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

फेसबुके प्रेमीले जन्मदिन मनाउन बोलाएर समूहिक बलात्कार गरे, सात जना पक्राउ

२३ जेठ, बाँके । बाँकेमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारु लगायत ७ जनालाई आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाईना इँट्टाभट्टा नजिक शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

भे.३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई २ जना पुरूषले बिचमा राखी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोधपुछ तथा अनुसन्धानको क्रममा बैजनाथ गाउँपालिका–८ बस्ने १७ वर्षीय किशोरले ती किशोरीलाई फेसबुक मार्फत सोही ठाउँस्थित मानखोलाको छेउमा रहेको बंगुरको खोरमा बोलाएको खुलेको थियो ।

खोरमा राजकुमार थारु लगायत ५ जनाले बलात्कार गरेको र २ जनाले बलात्कारपछि ती किशोरीलाई घरतर्फ छोड्न जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । थप अनुसन्धानपछि घटनामा संलग्न ७ जनालाई पक्राउ गरिएको हो ।

फेसबुकबाट बनेका प्रेमीले जन्मदिन मनाउन बोलाएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । राप्ती गाउँपालिकाकी ती किशोरीको जन्मदिन मनाउन बाँके र बर्दियाको सिमानामा पर्ने मानखोलामा बोलाएर दिउँसो घुमफिर गरी साँझ सामूहिक बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

बाँके प्रहरीले बलात्कार अभियोगमा हेमराज थारु र उनका साथीहरू विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुसहित सहयोगीका रुपमा विश्वनाथ थारु र निर्देशन थारुलाई पक्राउ गरेको छ । उनीहरूमध्ये एकजना १६ वर्ष र अन्य २३ देखि २५ वर्ष उमेर समूहका छन् । बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार बैजनाथ गाउँपालिका-८ का १७ वर्षीय हेमराज थारु र ती किशोरी एक वर्षअघि फेसबुकमा साथी बनेका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार १३:१७