१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

१२ जेठ, काठमाडाैँ । आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेका एक बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ परेका छन् । बिहिबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३६ वर्षीय राजकुमार खड्कालाई पक्राउ गरेको हो ।

धरान उपमहनगरपालिका- ५ स्थित ब्लुमिङ लोटस इङ्लिस स्कुलमा प्रिन्सिपल रहेका खड्कामाथि २०७४ साउन २६ गते सोही उपमहानगरपालिका- १३ स्थित एक गेस्ट हाउसमा पुर्‍याएर आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको छ ।

उनले एक जना विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर बलात्कार गरेका थिए । पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर दुई वर्षसम्म बलात्कार गरेका थिए ।

टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएका खड्कालाई पक्राउ गरी सुनसरी प्रहरीमा बुझाउन लगिएको सीआईबीले जनाएको छ । पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार १६:०८