२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

चट्याङ लागेर २ जनाको मृत्यु

३ जेठ, काठमाडौं । काभ्रे र झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । काभ्रेको रोशी गाउँपालिका–९ पलान्चे बस्ने १६ वर्षीया साजनी लुङ्गेलीको चट्याङ लागेर सोमबार मृत्यु भएको छ ।

बारीबाट घर फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि भकुण्डे स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाको हल्दिबारी गाउँपालिका–२ राईटोल बस्ने २६ वर्षीय भेना हस्दाको चट्याङ लागेर सोमबार मृत्यु भएको छ । शौचालय गई घर फर्कने क्रममा अविरल बर्षासँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १२:५३