१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

३ जेठ, काठमाडाै । धादिङ, डोटी, चितवन र धनुषमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । धादिङको निलकण्ठ नगरपालिका–८ मा बा.५ ख ७०७३ नम्बरको गाडीले बागमती प्रदेश ०२–०९३ प ३३९४ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक निलकण्ठ नगरपालिका–७ बस्ने २९ वर्षीय अर्जुन पोखरेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

डोटीको पुर्वीचौकी गाउँपालिका–४ कोईरीमा सुदूरपश्चिम प्रदेश ०१००२ त ४७९५ नम्बरको ट्रयाक्टरमा जोडीएको ट्रली रोडमा पल्टिँदा सोमबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने गोपाल ढोलीको छोरा १४ वर्षीय बिक्रम नेपाली रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २९ जनामध्ये २५ जनाको जिल्ला अस्पतालमा र ४ जनालाई थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका–२३ लादोबेलामा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीया शिला देबी दास रहेकी छन् । उनको सोमबार साँझ मृत्यु भएको हो ।

चितवनको भरतपुर महानगरपालिका–५ नयनचोकमा ना.६३ प ९३०३ नम्बरको मोटरसाइकले ना.३८ प ७८७६ नम्बरको स्कुटरलाई सोमबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ बस्ने २० वर्षीय विशेष दाहाल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १२:४४