१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रसुवा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

२ जेठ, रसुवा । रसुवाको उत्तरगया गाउँपालिका–५ नौबिसेमा गएराती मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालीका–१ का ४० वर्षीय राम तामाङ र मोटरसाइकलमा पछाडी सवार नुवाकोटको बिदुर नगरपालीका १० बेत्रावतीकी ४३ वर्षीया पम्फा तामाङ रहेकी छिन् ।

दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो । बेत्रावतीबाट खाल्टेतर्फ जादै गरेको बा ९६ प २०९४ नम्बरको मोटरसाइकल गएराती सवा १२ बजे अनियनित्रत भइ पल्टिएको प्रहरी चौकी बेत्रावतीले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १०:४८