१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

गृहमन्त्रीको आग्रहपछि एआईजी थापा आजदेखि नियमित काममा फर्किँदै

२१ वैशाख, काठमाडाैँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा आजदेखि नियमित काममा फर्किने भएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाप्रति असन्तुष्ट उनी १० दिन विदामा बस्ने पक्षमा थिए । तर, सोमबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट भएपछि उनी काममा विदा नबसेर काममा फर्किन तयार भएका हुन् ।

थापा कनिष्ठ एआईजीलाई आइजीपी बनाएपछि असन्तुष्ट थिए । वरिष्ठताका आधारमा उनी दोस्रो वरियताका एआईजी हुन् । पहिलो वरियतामा भने विश्वराज पोखरेल छन्। पोखरेल भने न्यायका लागि भन्दै सर्वोच्च अदालत पुगेका छन् । थापा भने अदालत गएनन् ।

उनी प्रहरीको कार्य विभागको नेतृत्वमा छन् । सोही विभागले नै निर्वाचन सुरक्षा मामिला हेर्ने गर्छ । निर्वाचनको संघारमा गृहमन्त्री खाणले थापालाई विदा नबसी सहयोग गरिदिन आग्रह गरेका थिए । न्युजकारखाना

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १०:५२