१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सशस्त्र प्रहरीको महानिरीक्षकमा राजु अर्याल नियुक्त

१८ वैशाख, काठमाडाैँ । सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी राजु अर्याललाई बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । बैठकमा भएकाे निर्णय केही समयलाई बाहिर ल्याइएकाे थिएन् । अहिले आजकै मितिमा नियुक्ती निर्णय भएकाे हाे ।

उनी आईजीपीका लागि एक्ला दाबेदार थिए । सशस्त्र प्रहरीका आईजीपी पुष्पराम केसीले सोमबारदेखि अवकाश पाउने भएपछि सरकारले नयाँ आईजीपी चयन गरेको हो । केसीसँगै एआईजी रामशरण पौडेलले पनि अवकाश पाउँदैछन् ।

सशस्त्र प्रहरी नियमावलीमा उपलब्ध एआईजीमध्येबाट आईजीपी नियुक्त गर्नुपर्ने व्यवस्था छ । अर्याल अब ४ वर्ष सशस्त्रका आईजीपी हुनेछन् । अर्यालले २०५४ चैतमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा सुरू गरेका थिए । २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना भएपछि उनी एक दर्जा बढुवा भएर त्यहाँ समायोजन भएका हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आईतवार १८:३६