१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सशस्त्र प्रहरीको महानिरीक्षकमा राजु अर्यालको बढुवा गर्न गृह मन्त्रालयको प्रस्ताव

१८ वैशाख, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षकमा राजु अर्याल नियुक्त हुने भएका छन् । गृह मन्त्रालयले उनको नाम महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेका हुन । तर आइतबारको मन्त्रिपरिषद् बैठकमा अर्यालको बढुवाका विषयमा केही कुरा नै नभएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाले केही कुरा मिलाउन बाँकी भएकाले नियुक्ति तत्काल नहुने बताएको बुझिएको छ । भोलिदेखि महानिरीक्षक रिक्त हुने भए पनि अर्यालको नियुक्ति नभए पछि मन्त्रिपरिषद्कै सदस्यले लेनदेनको कुरा नमिलेर निर्णय हुन नसकेको बताएका छन । देउवाले पहिला एआइजीको बढुवा गरेरमात्र आइजिपी नियुक्त गर्ने बताएको बुझिएको छ ।

सशस्त्र प्रहरीका आईजी पुष्पराम केसीले आइतबारदेखि अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवा अवधिका कारण केसीले आइतबारदेखि अनिवार्य अवकाश पाएका हुन् । केसी गत ३० चैतमा सशस्त्र महानिरीक्षकमा नियुक्त भएका थिए । उनी १९ दिनका लागि महानिरीक्षक बनेका थिए ।

(यसअघि न्युजकारखानाबाट साभार गरिएको समाचारमा महानिरक्षकमा अर्यालको नियुक्ति भएकोमा स्रोतसँग पुनर्पुष्टि गरी समाचार सच्चाइएको छ । यसअघिको समाचारमा पाठकमा परेको असरप्रति क्षमायाचना गर्दछाैँ- सम्पादक)

प्रकाशित मिति : १८ बैशाख २०७९, आईतवार १४:१०