कामिनीको पक्षमा अादेश जारी गर्न सर्वाेच्चद्धारा अस्वीकार, टेलिकममा नयाँ नियुक्तिको बाटो खुल्यो
३ भदाै, काठमाडाैँ । सरकारलार्इ नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको बाटो खुलेको छ । सर्वोच्च अदालतले नेपाल टेलिकमकी प्रवन्ध निर्देशकबाट कामिनी राजभण्डारीलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि सहज भएको हो ।
न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले कामिनीलाई हटाउनुको कारण भने माग गरेको छ। सर्वोच्चको यो आदेशपछि टेलिकममा फर्किने कामिनीको आस समाप्त भएको छ। तर सर्वोच्चले पदबाट हटाउने निर्णयका बारेमा १५ दिनभित्र लिखत जवाफ पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ।

आफू प्रतिस्पर्धाबाट निश्चित अवधिका लागि नियुक्त भएको तर सरकारले गलत मनसाय राख्दै हटाउने निर्णय गरेको भन्दै उनले भदौ १ गते सर्वोच्चमा पुनर्बाहली माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
प्रकाशित मिति : August 19, 2018 at 4:33 pm









