१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

डिउटीमा रहेकी महिला सिपाहीले आफैँलाई गोली प्रहार गरिन

८ वैशाख, कपिलवस्ठतु । कपिलवस्तु बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित नेपाली सेनाको शमसेर दल गणमा बुधबार साँझ एक महिला सिपाहीले डिउटीमा आफूले आफैँलाई गोली प्रहार गरेकी छन् । उनको उपचारकाक्रमम मृत्यु भएको प्रहरीले जनाएको छ ।

गणको सेन्ट्रीमा डिउटीमा खटिएकी सिपाही कोपिला राजवंशीले आफुले बोकेको एम १६ राइफलबाट पेटमा दुई राउण्ड गोली प्रहार गरेकी थिइन् । उनलाई उपचारका लागि रुपन्देही प्रादेशिक अस्पतालमा लगिएको थियो । उपचारमा संलग्न चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाको पुष्टिगर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी जेशी शाहले सेनासँगको समन्वयमा अनुसन्धान भइरहेको बताएका छन ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार ०९:२१