१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सैनिक आचारसंहिता कार्यक्रम सुरु

७ वैशाख, काठमाडौँ । नेपाली सेनाले बुधबारबाट दुई दिने ‘सैनिक आचारसंहित कार्यक्रम, २०७९’ सुरु गरेको छ । सेनामा कार्यरत सकलदर्जालाई आफू पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यवहारिक आचरणहरुका बारेमा सु–सूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।

बलाधिकृत रथी बालकृष्ण कार्कीले जङ्गी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा आज कार्यक्रमको शुभारम्भ गरेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दैै बलाधिकृत रथी कार्कीले सैनिक आचारसंहिता कार्यक्रमले नेपाली सेनाका सकलदर्जालाई अझै अनुशासित, नैतिवान र व्यवसायिक फौजको रुपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार १७:४३